प्रधानन्यायाधीश राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित
  • CIA Khabar

  • काठमाडौं।आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी भएपछि संवैधानिक इजलास स्थगित भएको हो ।

    प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत प्रशासनलाई आफू बिरामी भएकाले आज संवैधानिक इजलास नबस्ने जानकारी गराएका छन् । त्यसपछि इजलासमा रहेका अन्य न्यायाधीशलाई पनि इजलास नबस्ने जानकारी गराइएको छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आइतबार आफूसहित सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरेका थिए ।

    आइतबारको बहसपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आइतबारको इजलासमा सरकार पक्षका अधिवक्ताले यो मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।

    सरकार पक्षका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतका ११ जना न्यायाधीशले नै हेर्न नमिल्ने तर्क गर्दै निवेदन पेस गरेका थिए । त्यसपछि प्रधान्यायाधीश राणाले सरकार पक्षका कानुन व्यवसायीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा चलाउने चेतावनी दिएका थिए ।

  • २४ जेष्ठ २०७८, सोमबार ११:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images