नेपाल–खनाल पक्षले अध्यक्ष ओलीको ‘एकता आह्वान’को लिखित जवाफ दिने
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे पार्टी एकता आह्वानको लिखित जवाफ दिने भएको छ ।

    सोमबार माधव नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको नेता बेदुराम भुसालले जानकारी दिए ।

    सो समूहले ओलीले इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नल्याएको समेत निष्कर्ष निकालेको छ । उक्त आह्वानलाई जालझेलपूर्ण भन्दै अश्वीकार गरेको छ ।

    बैठकले वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकालेको नेता खनालले जानकारी दिए ।

    प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका थिए ।

    साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरेका थिए ।

  • २४ जेष्ठ २०७८, सोमबार १६:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images