देउवा, प्रचण्ड र नेपालबीच छलफल, नेपालले भने- हस्ताक्षर फिर्ता लिन्नौं
  • CIA Khabar

  • काठमाडौं ।विपक्षी गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको असन्तुष्ट समूहका शीर्ष तीन नेताबीच छलफल भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका हुन् ।

    भेटमा शीर्ष तीन नेताबीच प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरका विषयमा छलफल भएको बूढानीलकण्ठ स्रोतले जनाएको छ ।

    भेटमा नेपालले आफ्नो समूहले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ताको नलिने जानकारी देउवालाई गराएका थिए । उनले देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता स्वीकार गरेर एकता नहुने निष्कर्ष आफूहरुले निष्कर्ष निकालेको पनि बताएका थिए ।

    आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि सर्वोच्चमा दर्ता गरेको रिटमा प्रयोग भएको हस्ताक्षर फिर्ता लिनु पर्ने प्रस्ताव अघि सारेपछि सोमबार बिहान नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा छलफल भएको थियो ।

    भेटमा अध्यक्ष प्रचण्डले नेता नेपालसँग हस्ताक्षर फिर्ताको मागबारेमा धारणा बुझेका थिए । ओलीजीले एकताका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा भएको हस्ताक्षर फिर्ता गर्नुपर्छ भन्नुभएको छ । अदालतमा विचाराधीन यो मुद्दालाई प्रभावित बनाउने उद्देश्यसहित पार्टी एकताको प्रस्ताव आएको छ । तपाईंहरू के गर्नुहुन्छ,’ प्रचण्डको नेता नेपाललाई प्रश्न थियो ।

    नेता नेपालले यो विषय नैतिकतासँग जोडिएकाले हस्ताक्षर फिर्ताको माग पूरा नहुने जवाफ दिएको उनको सचिवालयले बताएको छ । ‘हामीले संविधान र संसद् दुवैको रक्षाका लागि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका हौँ । हाम्रो यो कदम नैतिकतासँग पनि जोडिएकाले फिर्ता लिने पक्षमा छैनौँ,’ उनको जवाफ थियो ।

    देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमा खनाल–नेपालसमूहका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार १७:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images