काठमाडौँ । नेकपा (एमाले) को स्थायी समिती सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् ।
ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यमा रहेको बताउँदै उनले माओवादी केन्द्रमा फर्कने भनी केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले माओवादी केन्द्र विघटन भएको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनाएका छन् । माओवादी केन्द्रको आयू बढाउनका लागि आफू माओवादी केन्द्रमा जाँदै छ भनेर भ्रमपूर्ण प्रचार गरिएको उनले जनाएका छन् ।