सुदूरपश्चिम। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने निर्णय गरेपछि आज प्रदेशसभामा मतदान भएकाे छ । सत्ता साझेदार एमालेभित्र विवाद चुलिएका बेला मुख्यमन्त्री भट्टले विश्वासकाे मत लिने निर्णय गरेका थिए ।
प्रदेशसभामा भर्खरै विश्वासकाे प्रस्तावमा मतदान सकिएकाे छ । सत्तारूढ सांसदहरूका अनुसार मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्ने स्थिति छ । माओवादी केन्द्रसँग १३ मत छ । एमालेभित्र माधव नेपाल पक्षका १५ सांसद भट्टकाे पक्षमा छन् । ५२ सदस्य रहेको प्रदेशसभामा कम्तिमा २७ मत पाए मुख्यमन्त्री भट्टकाे पद जाेगिने छ ।
सभामा उठेका प्रश्नकाे जवाफ दिँदै मुख्यमन्त्री भट्टले भ्रष्टाचारलगायत समस्या र चुनाैती हरूकाे समाधानमा साझा प्रयासकाे खाँचाे औँल्याए । सबैसँग मिलेर अघि बढ्न चाहेको बताउँदै उनले विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूलाई आग्रह पनि गरे ।