यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नाफिजलाई
  • CIA Khabar

  • काठमाडौ । यस वर्षको पूँजीबजार उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गरिने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आफ्नो २९औँ वार्षिक उत्सवको अबसरमा उक्त पुरस्कार संघलाई प्रदान गर्ने घोषणा गरेको हो ।

    बोर्डको २९ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नाफिजलाई उक्त अवार्ड प्रदान गरिने घोषणा गरे ।

    पूँजीबजारको विकास तथा सुधार, लेख रचना प्रशारण, छलफल अन्तरक्रिया सञ्चालन गरेकामा नाफिजलाई बोर्डले पत्रकारिता पुरस्कार दिने निर्णय गरिएको अध्यक्ष ढुंगानाले बताए ।

    योसँगै आर्थिक पत्रकार संघ नाफिजले ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्रबाट सम्मान पाउने भएको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार १४:१८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images