सेयर बजारलाई विश्वसनीय र लगानीमैत्री बनाउन अर्थमन्त्री पौडेलको आग्रह
  • CIA Khabar

  • काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई थप विश्वसनीय र लगानीमैत्री बनाउन आग्रह गर्नुभएको छ ।

    नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लगानीकर्ताप्रति आभार जनाउनुभयो । उहाँले बजारलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै सेयर बजारले पुँजी निर्माणमा योगदान गर्नेमा विश्वस्थ रहेको बताउनुभयो ।

    धितोपत्र कारोबारलाई व्यवस्थित बनाउँदै अनियमिता र बजारलाई प्रभाव पार्ने खालका नकारात्मक धारणा नजाओस् भनेर सचेत हुनुपर्नेमा जोड दिनुभयो । आगामी आर्थिक वर्षको बजेटले वस्तु विनिमय बजारलाई अगाडि बढाउने नीति लिएकाले त्यसको कार्यान्वयमा ध्यान दिन अर्थमन्त्री पौडलले बोर्डलाई निर्देशन दिनुभयो ।

  • २५ जेष्ठ २०७८, मंगलवार १४:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images