एमाले मिलाउने उपाय खोज्न दोस्रो तहका नेताहरु पुनः छलफलमा
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमाले विभाजनको तयारी भइरहेका बेला दोस्रो तहका नेताहरू पुनः छलफलमा जुटेका छन् । यसअघि याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा वार्ता सुरू भएको छ ।

    यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन् । आजको छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता सहभागी छन् ।

    अध्यक्ष ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अश्वीकार गरेको छ ।

    अब के गर्ने भन्नेमै छलफल केन्द्रित रहेको र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदबाट फिर्ता हुन नसकिने अडान माधव नेपाल पक्षले लिएकाले यीनै विषयमा छलफल भइरहेको छ ।

     

  • २५ जेष्ठ २०७८, मंगलवार १८:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images