गुल्मीमा एकै दिन ३७ जनामा कोरोना संक्रमण पुष्टि, थप १ जनाको मृत्यु
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पीसीआर परिक्षण गर्दा ३ र एन्टिजेन परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

    जिल्लाको रेसुङा नगरपालिकामा दुई जना,छत्रकोट गाउँपालिकामा दस जना, रुरुक्षेत्र गाउँपालिकामा तीन जना,सत्यवती गाउँपालिकामा पाँच जना,इस्मा गाउँपालिकामा छ जना, मुसिकोट नगरपालिकामा छ जना, धुर्कोट गाउँपालिकामा तीन जना,मालिका गाउँपालिकामा एक जना,कालीगण्डकी गाउँपालिकामा एक जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५७५ पुगेको छ ।

    त्यस्तै,पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार १५७जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

    गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ। यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ।

  • २५ जेष्ठ २०७८, मंगलवार १८:४९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images