नेप्सेले बनायाे नयाँ रेकर्ड
  • CIA Khabar

  • काठमाडौँ । आज सेयर बजार नेप्सेले नयाँ रेकर्ड कायम गराउन सफल भएको छ ।

    मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च हो । नेप्सेले परिसूचकमा नयाँ रेकर्ड राख्यो भने कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुग्यो ।

    १ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर किनबेच भए भने कारोबार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँ नाघ्यो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ ।

    नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् । बजारमा उल्लास देखिदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको छ ।

    लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । लगानी समूह पनि ०.८८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ ।

    सबेभन्दा धेरै विकास बैंक ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ७१ प्रतिशतले उकालो लागेको छ ।

  • २५ जेष्ठ २०७८, मंगलवार २१:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images