रामेछापमा अखिल निकट तीन युवकले दिए अस्पताललाई स्वास्थ्य सामाग्री
  • CIA Khabar

  • रामेछाप । रामेछाप गोकुलगंगा गाउँपालिकाका तीन युवाले गोकुलगंगा गाउँपालिका अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । सो गाउँपालिका वडा नं ५ नामाडीका दिनेश थापा, प्रह्लाद खड्का र शंकर थापाले कोभिडमा अक्सिजन नपाएर अकालका मृत्यूबरण गर्न नपरोस भनेर अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेका छन् ।

    उनीहरुले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि ५ थान अक्सिजन सिलिन्डर, ५ हजार थान सर्जिकल मास्क, २० लिटर सेनिटाइजर, औषधी, ब्ल्याङ्केट र ५० हजार नगद गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवार मार्फत गोकुलगंगा गाउँपालिका अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

    आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिदै कोरोना कहरलाई निस्तेज पार्न युवाहरु जिल्लामा स्थानीय निकायसँग सहकार्य गर्दै जाने अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश थापाले बताए ।

  • २५ जेष्ठ २०७८, मंगलवार २२:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images