वामदेव गौतमको प्रस्ताव : २०७५ जेठ २ मा कायम स्थायी कमिटी बैठक बोलाऔँ
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले विभाजनको डिलमा पुगिसकेको पार्टीलाई एकताबद्ध गर्न २०७५ जेठ २ गते कायम स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

    पार्टी एकता राष्ट्रिय अभियानको सोमबार भर्चुअल रुपमा भएको कार्यसम्पादन समितिको बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गते कायम रहेको दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।

    एकता अभियानका संयोजक गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा कार्यसम्पादन समितिको बैठकले अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावलाई पार्टी एकताको इमान्दार प्रयत्न मान्न नसकिने निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।

    ओलीको प्रस्तावमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोग भएकोले इमान्दार प्रयत्न मान्न नसिकने निष्कर्ष निकालेको हो ।

    हेर्नुहोस् विज्ञप्ति :

     

  • २६ जेष्ठ २०७८, बुधबार ०७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images