आईपीओमा ७८ अर्ब लगानी, इतिहासकै उच्च !
  • CIA Khabar

  • Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

    काठमाडौ । सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासमै उच्च हो । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्‍याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ ।

    आईपीओमा लगानीकर्ताको आकर्षण धेरै देखिन्छ । गत असारमा १७ लाख डिम्याट खाता रहेकोमा झण्डै एक वर्षको अवधिका शतप्रतिशत बढेर ३५ लाख डिम्याट खाता पुगेको छ । यस्तै मेरो सेयरको प्रयोगकर्ताहरु पनि तीन गुणाले बढेका छन् । हाल मेरो सेयरका प्रयोगकर्ता २६ लाख पुगिसकेको छ । अहिले एउटै कम्पनीको आईपीओमा १८ लाख बढीले आवेदन दिन थालेका छन् । जबकी गत असारसम्म ७ लाखले मात्र आवेदन दिन्थे ।

    यस्तै अनलाइन कारोबारकालागि ६ लाख ६० हजारले युजर आइडी लिएका छन् । औसतमा ६ लाख प्रयोगकर्ता अनलाइन कारोबारमा आवद्ध छन् । पछिल्लो समय औसतमा १७ अर्बको हाराहारीमा कारोबार हुन थालेको छ । दोस्रो बजारका परिसूचकहरू ऐतिहासिक उचाइँमा रहेका छन् ।

    कूल गार्हस्थ्य उत्पादनमा बजार पुँजीकरणको अनुपात गत वर्ष ४५ प्रतिशत मात्र रहेकोमा हाल कुल गार्हस्थ्य उत्पादन बराबर पुगेको छ । यसले धितोपत्रको बजार र तरलता बढेको पुष्टी गरेको छ । साथ, कारोबारको लागत घटाइएका कारणले बजारप्रति सर्वसाधारणको आकर्षण बृद्धि भइ व्यापक रूपमा सहभागिता बढ्न गएको बोर्डले भनेको छ ।

    यससँगै अर्थतन्त्रमा अन्य लगानी क्षेत्रहरूमा संकुचन आएको र बैकिङ्ग क्षेत्रमा पर्याप्त तरलता रहेका कारण पनि दोस्रो बजार गतिविधिहरूमा ऐतिहासिक वृद्धि भएको अनुमान गर्न सकिन्छ ।

  • २६ जेष्ठ २०७८, बुधबार ११:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images