मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान डिस्चार्ज भएका हुन् ।

    स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरो यमन श्रेष्ठले जानकारी दिए ।

    ‘डाक्टरले करिब एक महिना रेष्ट गर्नु सल्लाह दिनु भएको छ’ यमनले भने, ‘अहिले स्वास्थ्य अवस्था सामान्य भएकोले डिसचार्ज गरिएको हो ।’ दुई सातापछि फेरि रेगुलर फलोअपका लागि भने डाक्टरले बोलाएको यमनको भनाइ रहेको छ ।

    यमनका अनुसार श्रेष्ठको मुटुको एन्जियोप्लास्टी गरि दुईवटा स्टयाण्ड राखिएको छ । एन्जियोप्लास्टीपछि स्वास्थ्यमा राम्रो सुधार आएको हो । कोरोना संक्रमण भएका कारण दुई पटक अस्पताल भर्ना भएका श्रेष्ठ अघिल्लो सातामात्र डिस्चार्ज भएका थिए ।

  • २६ जेष्ठ २०७८, बुधबार १५:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images