२४ घण्टामा ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको  १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५६८ एन्टिजेन परीक्षणमा ८९५ जना गरी ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार ७६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १७:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images