नेपाली कांग्रेसको महाविधेशन भदौमा नै हुन्छ : सभापति देउवा
  • CIA Khabar

  • काठमाडौँ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी भदौमा कांग्रेस महाविधेशन हुने बताएका छन् ।

    तोकिएको मितिमा महाविधेशन हुने वा नहुने अन्यौलमा रहेका बेला सभापति देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीकै‍बीचमा भएपनि आगामी भदौमा नै महाविधेशन हुने बताएका हुन् ।

    ‘विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नु परेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ । म यसमा पूर्ण प्रतिवद्ध छु,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण राजनीतिक अभियान भएको भन्दै सभापति देउवाले भनेका छन्,‘पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाले महाविधेश गर्न नचाहेको आरोप लगाएका बेला सभापति देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति गलत रहेको बताएका छन् ।

    महाविधेशनका लागि अब धेरै समय नरहेको भन्दै सभापति देउवाले असार र साउनभित्र सबै तयारी पूरा गर्नुपर्ने बताएका छन् ।

    यस्तो छ विज्ञप्ति

     

  • २६ जेष्ठ २०७८, बुधबार १७:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images