स्थानीय तहमा पठाएको अनुदानको योजनालाई सच्याउने मुख्यमन्त्री राउतको प्रतिबद्धता
  • CIA Khabar

  • जनकपुरधाम ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजनालाई सच्याइने प्रतिवद्धता जनाएका छन् ।

    बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सशर्त अनुदानको योजनामा कुनै त्रुटि भए सच्चाउने बताएका हुन् । यसअघि प्रदेशसभा सदस्यहरूसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै मंगलबार विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

    मुख्यमन्त्री राउतले प्रदेशसभा सदस्यहरूले दिएको सुझाव र योजना सिफारिसलाई ध्यान दिइने जिकिर गरे । प्रदेशसभा सदस्यहरूले दिएको योजना अनुसार नै धेरै ठाउँमा गएको र केही ठाउँमा त्रुटी भएको उनले स्वीकार गरे । त्यस्तै उहन विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भीरतापूर्वक पढेर पारित गर्न आग्रह गरे ।

    मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपछि बुधबार प्रदेशसभा बैठक सञ्चालन भएको थियो । बैठकमा प्रि–बजेटको छलफल भएको छ । प्रदेश सरकारले बिहीबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १८:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images