प्रदेश २ । प्रदेश २ सरकारमा जाने निर्णय गरेको नेपाली कांग्रेसले मन्त्रीसमेत टुंगो लगाएको छ ।
संसदीय दलका नेता राम सरोज यादवको नेतृत्वमा प्रदेशसभा सदस्यहरू वीरेन्द्र सिंह र ओमप्रकाश शर्मालाई मन्त्रीमण्डलमा सहभागी गराउन लागिएको हो ।यादवलाई भौतिक पूर्वाधार तथा यातायात, सिंहलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय र शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रालय दिने सहमति भएको हो ।
दलका नेता यादव धनुषा, सिंह सर्लाही र शर्मा पर्साबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।