काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेनमार्कबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन डेनमार्क सरकारसँग इमेल आदान–प्रदान भइरहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले डेनमार्कबाट खोप ल्याउन प्रयास जारी रहेको बताउदै उनले भने, “प्रयास भएको छ, इमेल एक्सचेन्ज भएको छ, अहिलेसम्म टुंगो लागेको छैन । हामी सकारात्मक परिणामको प्रतीक्षामा छौँ ।”
नेपालले डेनमार्क, अमेरिकालगायत अस्ट्राजेनिकाको खोप खरिद गरेका तर प्रयोग नगरेका राष्ट्रहरुसँग ती देशमा ‘स्टक’मा रहेको अष्ट्राजेनिकाको खोप नेपाललाई उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।