काठमाडौँ महानगरमा दुई दिनमा १८ हजारभन्दा बढीले लगाए खोप
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौँ महानगर पालिका क्षेत्रमा जारी कोरोनाविरूद्धको खोप अभियानमा दुई दिनमा १८ हजारभन्दा धेरैले खोप लगाएका छन्।

    चीनबाट अनुदानमा भेरोसेल खोप प्राप्त भएपछि महानगरका ३२ स्थानमा जारी खोप अभियानमा ६० देखि ६४ बर्ष उमेरसमूहका १८ हजार १ १३ जना सहभागी भएका छन् ।

    पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

    खोप अभियानको पहिलो दिन  ८ हजार ७ सय ४७  सहभागी भएकामा दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

    पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए ।  दोस्रो दिन ४ हजार ८  सय  ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको उनले बताए ।

    महानगरपालिकाले पाँच दिनमा १ लाखभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार १२:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images