कृष्ण थापाकाे पुनर्बहाली आदेशविरुद्ध जनमोर्चाकाे भ्याकेटमा आज सुनुवाइ, इजलासमा कुमार चुडाल पनि
  • CIA Khabar

  • गण्डकी।गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन (भ्याकेट)माथि आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालकाे इजलास पेसी ताेकिएकाे छ ।

    यसअघि गत आइतबार न्यायाधीश चुडालकाे एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।

    सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले दिएकाे पुनरावलोकन निवेदन हिजाे दर्ता भएको थियाे । अब साेही आदेश पुनरावलाेकन माग गर्दै परेकाे भ्याकेटमा सुनुवाइ गर्न प्रधानसहित चुडाल पनि ताेकिएका हुन् ।

  • २७ जेष्ठ २०७८, बिहीबार १२:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images