सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री ओली नजाने
  • CIA Khabar

  • काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक परामर्शका लागि बोलाएको बैठकमा प्रधानमन्त्री केपी ओली नजाने भएका छन् ।

    सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित अन्य पूर्वप्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेतालाई शुक्रबार राजनीतिक परामर्शका लागि बोलाएका छन् । तर, प्रधानमन्त्री ओलीले भने सभामुख सापकोटासँगको तिक्त सम्बन्धकै कारण सहभागी नहुने भएका हुन् ।

    एमालेका स्थायी समिति सदस्य सुवास नेम्वाङले  कुराकानीमा सभामुखको बैठकबारे प्रधानमन्त्रीलाई जानकारी नभएको बताए । प्रधानमन्त्री सचिवालय स्रोतले पनि सभामुख सापकोटाको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएको छ ।

    त्यसो त, संसद विघटनको मुद्दामा सभामुख र प्रधानमन्त्रीबीच समान धारणा छैन । जसले गर्दा उनीहरूबीचको सम्बन्ध थप तिक्त बन्दै गएको छ । राजनीतिक परामर्शको क्रममा पनि संसद विघटनकै मुद्दा बढ्ता उठ्ने भएकाले पनि ओलीले टार्न खोजेको अनुमान गरिएको छ ।

    प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सभामुख सापकोटाले असन्तुष्टि मात्रै जनाएनन्, सशक्त प्रतिवाद गर्नुपर्ने आशय पनि प्रकट गरेका थिए ।

  • २७ जेष्ठ २०७८, बिहीबार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images