पाँच दिनअघि सेनाकाे गिरफ्तारीमा परेकी बर्माकी उदीयमान फिल्म निर्माता मा ऐन्टकाे अवस्था अज्ञात
  • CIA Khabar

  • यो महिनाको सुरुतिरै सेनाद्वारा गिरफ्तार गरिएकी म्यानमारकी उदीयमान फिल्म निर्माता मा ऐन्टको अवस्था अज्ञात छ । उनका बारेमा न परिवारलाई केही थाहा छ, न हिरासतमा उनकाे अवस्थाबारे औपचारिक प्रस्टीकरण नै दिइएकाे छ ।

    मा ऐन्ट सन् २०२० काे ‘बुसन इन्टरनेसनल फिल्म फेस्टिभल’को न्यु करेन्ट्समा देखाइएको ‘मनि ह्याज फोर लेग्स’की निर्माता एवं सह-लेखक हुन् ।

    उनी एसियामा स्वतन्त्र फिल्म निर्माणलाई प्रोत्साहित गर्ने कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी थिइन् । एसईएएफआईसी ओपन फेयर, टाईज द्याट बाइन्ड, एफएएमयू समर फिल्म मेकिङ इनिसिएटिभ क्याम्पस र लोकार्नो फेस्टिभल ओपन डोर्स कन्सल्टेन्सीलगायतमा उनले काम गरेकी थिइन् ।

    उनलाई गत ५ जुन दिउँसो याङ्गोनस्थित घरनजिकैबाट गिरफ्तार गरिएको थियो । त्यसको भोलिपल्ट परिवारलाई उनको गिरफ्तारीबारे जानकारी गराइएको थियो । मा ऐन्टलाई सोधपुछका लागि एक गोप्य ठाउँमा राखिएको अधिकारीहरूले बताएका थिए । त्यसयता अभिभावकलाई उनको बारेमा थप केही जानकारी गराइएको छैन ।

    उनी बेपत्ता हुँदा एसियाको चलचित्रसम्बन्धी संस्थाहरू तरंगित भएका छन् । बुसान फेस्टिभलले गत मंगलबार विज्ञप्ति जारी गर्दै मा ऐन्टको सुरक्षा र नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ । थाइल्याण्डस्थित एसईएएफआइसीले पनि यस्तै आग्रह अनुराेध छ । १ फेब्रुअरी २०२१ मा सैन्य कुपछि म्यानमारमा मिडिया र नागरिक समाजमाथि ठाडाे आक्रमण भइरहेको छ ।एजेन्सी

  • २७ जेष्ठ २०७८, बिहीबार १३:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images