काठमाडौँ । बलिउड नायिका कंगना रनावतले काम नभएपछि आफूले करको आधा रकम पनि तिर्न नसकेको बताएकी छिन् ।
उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘म सबैभन्दा बढी कर तिर्ने नायिका हुँ । मैले आफ्नो आम्दानीको ४५ प्रतिशत कर तिर्ने गरेकी छु । तर, काम नभएको कारण मैले गतबर्षको करको आधा रकम पनि तिर्न सकेकी छैन । जिवनमा पहिलो पटक मैले कर तिर्न ढिलाई गरेकी हुँ । व्यक्तिगत रुपमा हाम्रो लागि यो कठिन समय हुनसक्छ । तर, एकसाथ हुँदा हामी समय भन्दा पनि बलवान छौं ।’
नायिका कंगना रनावत पछिल्लो समय चलचित्रका कारण भन्दा पनि आफ्नो विवादित बयानका कारण बढी चर्चामा छिन् ।