मन्त्रीको बायोडाटा : के–के छन् योग्यता ?
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा १८ औं पटक मन्त्रिमण्डल विस्तार गरेका छन् । पछिल्लोपटक जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याएका ओलीले बिहीबार ७ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । योसँगै कामचलाउ सरकार २५ सदस्यीय बनेको छ ।

    ओलीले विहीबार नियुक्त गरेका मन्त्रीमध्ये खगराज अधिकारीले गृह मन्त्रालयको जिम्मा पाएका छन् । बादलपत्नी नैनकला थापा सञ्चार मन्त्री बनेकी छिन् । त्यस्तै नारदमुनि राना वन, मोहन बाँनिया विना विभागीय, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वन राज्यमन्त्री बनेका छन् ।

    पछिल्लोपटक नियुक्त भएका मन्त्रीहरुको व्यक्तिगत विवरण यस्तो छ :

    खगराज अधिकारी : गृहमन्त्री

    पोखरा महानगरपालिका ३१ स्थायी घर भएका अधिकारी एमालेका निवर्तमान सांसद हुन् । २०१८ चैत १३ मा जन्मेका उनका श्रीमती र एक छोरी छन् । अधिकारीको शैक्षिक योग्यता स्नातकोत्तर हो ।

    २०२९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक थालेका अधिकारी एमालेका पुराना नेता मानिन्छन् । २०३२ सालबाट कम्युनिस्ट पार्टीको सदस्य

    ता प्राप्त गरेका उनी २०४६ देखि २०५२ सालसम्म नेकपा मालेको कास्की जिल्ला सचिव थिए । २०६५ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल सचिव र अञ्चल इञ्चार्ज भए ।

     

  • २७ जेष्ठ २०७८, बिहीबार १७:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images