शिवराजका दुई अस्पताललाई अक्सिजन कन्र्सनट्रेरसहित स्वास्थ्य सामाग्री बितरण
  • CIA Khabar

  • कपिलवस्तु । लुम्बिनी स्थित बोधी ईनीस्टीच्युटले २ अस्पताललाई ४ अक्सिजन कन्सर्नट्रेटर सहीत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सो संस्थाले शिवराज नगरपालिका स्थित आधारभुत स्वास्थ्य सेवा अस्पताललाई ३ थान अक्सिजन कन्र्सनट्रेटर र बहादुरगंज स्थित शिवराज अस्पताललाई एक थान अक्सिजन कन्र्सनट्रटर प्रदान गरेको हो ।

    यस्तै आधाभुत अस्पताललाई १० थान पिपिई र ५ वटा अक्सिमिटर तथा शिवराज अस्पताललाई १० थान पिपिई र ५ वटा अक्सिमिटर प्रदान गरिएको थियो ।

    संस्थाका अध्यक्ष तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु अवधेश कुमार त्रिपाठीले आधारभुत अस्पताललाई दिईएको सामाग्री मेयर नेत्रराज अधिकारी र शिवराज अस्पतालको सामाग्री मेसुलाई हस्तान्तरण गर्नु भएको थियो । कोरोना संक्रमितको उपचारमा सहजता थाप्न आफुहरुले कपिलवस्तुका बिभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको भिक्षु त्रिपाठीले बताउनुभयो ।

    उहाँले आवश्यक्ता अनुसार थप सहयोग जारी रहने बताउनुभयो । यस अघि सो संस्थाले कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्र्सनट्रटर र स्वास्थ्य सामाग्री प्रदान गरी सकेको छ । यस्तै चार नम्बरमा रहेको सामुदायिक अस्पताललाई समेत अक्सिजन कन्र्सनट्रटर सहीत स्वास्थ्य सामाग्री समेत प्रदान गरेको थियो । संस्थाका सदस्य तथा समाजसेबी गुनाखर गैरेको पहलमा संस्थाबाट कपिलवसतुका अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । हस्तान्तरण कार्यक्रममा प्रजिअ चक्रपाण्ी पाण्डेय लगातयको समते सहभागीता थियो ।

  • २८ जेष्ठ २०७८, शुक्रबार ११:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images