गुल्मी । गुल्मीमा थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पीसीआर परिक्षण गर्दा १६ र एन्टिजेन परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको मुसिकोट नगरपालिकामा १३ जना,रेसुङा नगरपालिकामा दुई जना,मालिका गाउँपालिकामा दस जना,इस्मा गाउँपालिकामा पाँच जना,रुरुक्षेत्र गाउँपालिकामा तीन जना, छत्रकोट गाउँपालिकामा दुई जना,धुर्कोट गाउँपालिकामा दुई जना,गुल्मीदरबार गाउँपालिकामा एक जना, सत्यवती गाउँपालिकामा एक जना,गरि ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ५९८ पुगेको छ ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल दुई हजार २७४ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ ।दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८८ पुगेको छ।