काङ्रेस सासंद बैधको अभिब्यक्ति प्रती प्रवासी नेपाली एकता मंच जापान, युवा बिभाग को आपत्ति
  • रीभाष वस्ती

  • जापान । प्रवासी नेपाली एकता मंच जापान ,युवा बिभागले नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैध को प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलि लाई हत्या गर्छु भन्ने अभिव्यक्ति प्रति आपत्ती प्रकट गर्दै सामजीक संन्जाल मा पोस्ट जारी गरेको हो ।

    उक्त प्रवासी नेपाली एकता मंच जापान ,युवा बिभागका सदस्य रिभाष वस्ती को पोस्टमा नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैधको अभिव्यक्ति ले नेपाली राजनिती संस्कारमा धज्जी उडाएको छ।

    यो अभिव्यक्ति पुर्णरुपमा अपराधीक र अपराधीक मानसिकताको उपज हो। लाखौं युवाहरुको ढुकढुकी, लाखौं आमा बुबाको आशीर्वादले देशको बिकासमा कायापलट गर्दै अगाडी बढ्नुहुने राजनेता मुलुकका प्रधानमन्त्री तथा नेकपा एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलि प्रति श्रीङ्खलाबद्ध आक्रमणको दोश्रो रुप हो भनिएको छ।

    त्यस्तै नेपाली काङ्ग्रेसका बाग्मती प्रदेश सभा सदस्य बैधलाई चुनौती दिदै रिभाष वस्ती को पोस्टमा भनिएको छ नेपाली गोड्से बन्ने रहर भए हामी देश ,बिदेशभरका माताहातका कम्रेडहरु माननीय नरोत्तम बैध सामु खडाहुन तयार छौँ ।

    यी सबै श्रीङ्खला पूरा हुनु पुर्ब नेपालको कानुनी उपचार दिइयोस, हत्कडी लगाइयोस। यदि दिमागी हालतमा गडबडी भए मानसीक अस्पतालमा उपचार गरीयोस अन्यथा चर्को राजनीतिक उतारचढावमा भोलि कोहिकसैको जिम्मेवार हुनबाट रोकियोस।

  • २९ जेष्ठ २०७८, शनिबार १२:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images