गण्डकी प्रदेश सरकारको पहिलो दिनमै जनभावना बिपरित निर्णय : सांसद पहारी
  • CIA Khabar

  • पोखरा । कास्की क्षेत्र नं – ३ ख का प्रदेश सभा सांसद तथा राष्ट्रिय युवा संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष राजिब पहारिले मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली (पोखरेल) ले जनभावना बिपरित निर्णय गरेको बताउनु भएको छ ।

    गण्डकि प्रदेशको मुख्यमन्त्री नियुक्त भएको पहिलो दिनमै जनभावना बिपरित निर्णय गर्दै नेता र सांसदलाई राहत मिल्ने किसिमका सेवा सुबिधा उपलब्ध गराउने निर्णय गरेपछि प्रदेशको मुख्यमन्त्रीमा इन्ट्री गर्दा गर्दै चौतर्फी आलोचित बन्नुभएको छ।

    राजिब पहारी र सम्पुर्ण गण्डकी प्रदेश वासीले दैनिक ज्यालादारी मजदुरिहरुको लागि राहत प्याकेज आउने आशा गरे पनि मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीले जनता का लागि नभएर आफू र आफ्ना साथिभाइ ( नेता) हरुका लागि सेवा सुबिधा दिने निर्णय गर्नुभएको हो ।

  • ३० जेष्ठ २०७८, आईतवार १७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images