काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबार करम १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक उच्च विन्दुमा पुग्दा झण्डै २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन दुई सय २० कम्पनीको एक लाख ८२ हजार ४३० पटकको व्यापारमा तीन करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयरको खरिदबिक्री हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज वित्त, विकास बैङ्क र जलविद्युत समूहको परिसूचकमा उछाल आएको छ । शेयर संख्या र कारोबार संख्याका आधारमा नेशनल हाइड्रो पावरको सर्वाधिक पाँच हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता सेयरको खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरूले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा युनाइटेड आईडीआई मर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।