प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
  • CIA Khabar

  • जनकपुरधाम । प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

    आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रममाथि चार जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रममा भएका कमजोरी स्वीकार्दै कार्यान्वयनमा जोड दिने बताएपछि उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।

    कार्यालय र कर्मचारी अभावमा बजेट खर्च र योजना कार्यान्वयन पक्ष कमजोर रहेको पनि उनले स्वीकार गरेका थिए । उच्च तहका कर्मचारीको सरुवा हुँदा बजेट कार्यान्वयन पक्ष कमजोर बनेको उनको भनाइ छ । उनले नीति तथा कार्यक्रममा पुरानो योजनालाई निरन्तरता दिएको पनि स्वीकार गरे ।

    मुख्यमन्त्री राउतले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले चिकित्सकको मासिक पारिश्रमिक एक लाख ५० हजार हुनगरी प्रावधान ल्याउने तयारी गरिएको बताए । अब सोमबारको बैठकमा प्रिबजेटमा छलफल भएर असार १ गते सरकारले बजेट भाषण गर्ने तयारी गरिएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार २०:५४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images