प्राविधिक शिक्षा पढ्ने छात्रालाई बुद्धभूमिले बार्षिक ३० हजार दिने, कसले कसले पाउँछन् ?
  • CIA Khabar

  • कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले प्राविधिक विषयमा अध्ययनरत छात्रा विद्यार्थीका लागि हौसला स्वरुप छात्रवृत्तीको व्यवस्था गरेको छ । प्रत्येक वडामा १ जनाका दरले बार्षिक रु तीस हजार रुपैयाँ थारु/मधेसी र अत्यन्त न्यून आय भएका प्राविधिक शिक्षा अध्ययन गर्ने जेहेन्दार छात्रा विद्यार्थीलाई उक्त छात्रवृत्ती दिने बुद्धभूमिले तयारी गरेको हो ।

    नगरपालिकाले छात्रवृत्ती वितरणको कार्यविधि बनाई अध्ययनको निरन्तरता र उत्तीर्णतालाई आधार मानेर ३ बर्षसम्म बार्षिक रु. ३० हजार रुपैयाँ दिने गरी सर्वाजनिक सूचना जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिनुभयो ।

    नगरपालिकाले नगरभित्रका विद्यार्थीलाई मापदण्ड तोकेर १५ दिन भित्र आवश्यक कागजातसहित आफ्नो वडामा निवेदन दिन सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

    सूचनामा उल्लेख भए अनुसार नगरभित्रका थारु/मधेसी र अत्यन्त न्यून आय भएका छात्रा विद्यार्थीले तोकिए बमोजिम निवदेन, अभिभावकको नागरिकता र छात्राको नागरिकता वा परिचय खुल्ने कागजात, एसईईको मार्कसिट प्रतिलिपि र सम्बन्धित शैक्षिक संस्थाको सिफारिससहित वडामा निवेदन दिनुपर्ने उहाँले बताउनुभयो । निवेदन उपर छलफल पश्चात मापदण्ड पुगेकालाई छात्रवृत्तीको लागि योग्य ठहराइने उहाँले बताउनुभयो ।

    छात्रवृत्तीका लागि वडास्तरमा वडा शिक्षा समितिले छात्राहरुको छनौट गर्दा एकल महिला, भएका/अपाङ्गता भएको व्यक्ति घरमूली भएका तथा अभिभावक स्थायी जागीर वा दिगो आम्दानी हुने प्रकृतिको व्यवसायमा नरहेका तर जेहन्दार छात्राहरु मध्ये एक मुख्य र एक बैकल्पिक गरी सिफारिस भएर नगरपालिकामा आएपछि नगर स्तरीय छात्रवृत्ती सञ्चालन तथा व्यवस्थापन समितिले एकिन गरी सिफरिस गरेपछि छात्रवृत्ती पाइने नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    छात्राहरुलाई प्राविधिक शिक्षाको माध्यमद्धारा सवल, आत्मनिर्भर र स्वावलम्बी बनाउने मनसायका साथ अध्ययन छात्रवृत्ती प्रदान गर्न लागिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

    यस्तो छ सूचना

    May be an image of text

     

  • ३१ जेष्ठ २०७८, सोमबार १०:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images