आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा भइरहेको छ कारोबार
  • CIA Khabar

  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

    आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको महासंघले जनाएको छ ।

    आज चाँदी मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

  • १ असार २०७८, मंगलवार १२:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images