एमिकस क्युरीमा सर्वोच्च बारले पठायो घिमिरे र केसीको नाम
  • CIA Khabar

  • काठमाडौँ।सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम सिफारिस गरेको छ ।

    सर्वोच्च अदालत बारको मंगलबार बसेको बैठकले एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीको नाम सिफारिस गरेको सचिव ऋषिराम घिमिरेले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट एमिकस क्युरीका लागि झिकाउने आदेश दिएको थियो।

    नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीमा पठाउने सदस्यको नाम मंगलबार बिहानसम्म टुंगो लगाउने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातमा संसद विघटन गरेकी थिइन् । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा।आनन्दमोहन भट्टराईको रहेको संवैधानिक इजलास गठन गरिएको थियो ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा ९ असारबाट संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

  • १ असार २०७८, मंगलवार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images