प्रदेश १ सरकारले ल्यायो ३२ अर्ब ४७ करोडको बजेट
  • CIA Khabar

  • प्रदेश १  । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ लाख ९२ करोड रुपैयाँको बजेट ल्याएको छ।

    मंगलबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर आर्थिक वर्षका लागि ३२ अर्ब ४६ लाख ९२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

    चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख, पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

    उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजस्व बाँडफाँडबाट ९ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

  • १ असार २०७८, मंगलवार १८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images