कञ्चनपुरमा भीमदत्त नगरपालिकाले कोरोनाको चेन तोड्दै

-कोरोना महामारी परास्थ पार्न यसरी लड्यो नगरपालिका

  • डम्मर राज भट्ट

  • कञ्चनपुर। दोस्रो लहरमा देखिएको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भीमदत्त नगरपालिकाले शुरुवाती चरणदेखि विभिन्न नीतिगत एव रक्षात्मक निर्णय गर्दै अघि बढ्यो ।
    भारतसंग मुख्य सीमा नाका जोडिएको कञ्चनरपुको भीमदत्त नगरपालिका र जिल्लाका अन्य पालिका भन्दा उच्च जोखिममारहेको थियो । गत चैत्र देखी भारतमा कोरोना महामारी फैलिसकेको अवस्थामा भारतबाट गड्डाचौकी र ब्रम्हदेब नाका भएर स्वदेश फर्किने नेपालीका कारण नगरपालिका अझै जोखिमको मुल सघारमा थियो ।
    तैपनि भीमदत्त नगरपालिकाले दोस्रो चरणको महामारी बिरुद्ध आफ्ना निजी स्रोज साधन जनशक्ति तथा अन्य प्रदेश र संघका कार्यालय निजी क्षेत्रसंग सहकार्य गरेर कोरोनाको चेन तोड्न सकृय भई खटियो ।
    दोस्रो चरणमा देखिएको कोरोना बढि घातक दोस्रो चरणको महामारीमा सबैभन्दा बढि क्षति भीमदत्त नगरपालिकाले बेहोरेको छ । दोस्रो चरणमा मात्रै एकसय बढि नागरिकले ज्यान गुमाएका छन ।
    पहिलो चरणको कोरोना चेन तोड्नका लागि नगरपालिकाले २३ फागुन ०७६ देखि नेपाल प्रवेसद्वार गड्डाचौकीमा हेल्थडेस्क स्थापनाका साथै कोरोना परीक्षणको दायरा बृद्धिकालागि पिसिआर मेसिन खरिद गरेर महाकाली अस्पतालमा दिएको थियो । यस बर्ष पनि भारतमा कोरोना भयाभहको अवस्था सृजना भएका बेला सीमा नाका गड्डाचोकीमा हेल्पडेस्क राखेर कोरोना भित्रिन नदिन परीक्षण गर्दै आएको भीमदत्त नगरपालिकाले अस्थायी होल्डीङ्ग सेन्टर बनाएको छ । शुरुवाती चरणमा अस्थायी संरचना बनाएर हेल्थडेस्क संचालन गरेको भीमदत्त नगरपालिकाले विभिन्न दातृ निकायसंगको सहकार्यमा हेल्थडेस्कको संरचना आधुनिक बनायो ।

    यस बर्ष भारतमा कोरोना महामारी देखिनासाथ त्यसको असर नेपालमा पर्न सक्ने भन्दै भीमदत्त नगरपालिकाले १४ बैशाखमा नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बैठकबसी कोरोना रोकथाम एव नियन्त्रणका लागि नगर प्रमुख विष्टको संयोजकत्वमा निर्देशक तथा स्वाथ्य समिति गठन गरियो । उक्त समिति मातहत रहेका विभिन्न उप समिति, सहयोग समिति, समन्वय समितिहरुले महाकाली अस्तालमा अक्सिजन आपूर्ति, नगर प्रहरीलाई नेपालप्रहरीसंग समन्वय गरेर लकडाउन प्रभावकारी बनाउने, कोरोना परीक्षण दायर बृद्धि गराउने, सीमा क्षेत्रमा विशेषज्ञ सहितका स्वास्थ्यकर्मी खटाउनुका साथै महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान, विशेषज्ञ चिकित्सकको प्रोत्साहन बाफत रकम उपलब्ध गराएको छ । शुरुवाती चरणमा ७६ थान अक्सिजन भएको अस्पतालमा हाल ३सय ९४ पुगेका छन ।

    अक्सिजन नपाएका नागरिकले अकालमै ज्यान गुमाउनु परेको थियो, अक्सिजनको असज आपूर्तिसंगै महाकाली अस्पतालमा कोरोना संक्रमितको मृत्युदर घट्को थियो ।
    भीमदत्त नगरपालिका आधारभूत स्वास्थ्य तथा सरसफाई शाखा प्रमुख नरेन्द्र राज जोशीले नगर प्रमुख सुरेन्द्र विष्टको निर्देशक समिति मार्फत विभिन्न उपसमिति एव कर्मचारीले युद्धस्तरमा खटिएर कोरोनाको चेन तोड्न सफल भएको बताए । नगरस्तर समितिले वडा स्तरमा समेत प्रकोप व्यवस्थापन समिति मार्फत बस्ती, गाँउ गाँउमा स्वास्थ्यकर्मी पठाएर काम गरिने उनले बताए ।

    ‘हामीले महामारी रोक्न सीमा क्षेत्रमा हेल्थडेस्क, कोरोना परीक्षण, आईसिचएमा आईसोलेशन निर्माण ग¥यो, ‘उनले भने, ‘कोरोना परीक्षणको दायरा बृद्धि गर्दै लगे ।’ कोरोना परीक्षणका लागि ७० बर्षभन्दा बढिका जेष्ठ नागरिक, विपन्नलाई निःशुल्क कोरोना परीक्षण गर्न गरियो । एम्बुलेन्स, शव बहान, दाउरा एव शव ढुवानीमा सहयोग गरियो । अति विपन्न ६३ परिवारको शव अन्त्येष्टीका लागि दाउरा एव ढुवानी निःशुल्क गरिएको बताए । महाकाली अस्पतालमा विभिन्न निजी तथा सार्वजनिक क्षेत्रसंग समन्वय गरेर समयमै अक्सिजन आपूर्ति गरेर अघि बढिरहेको बताए ।

    लकडाउन प्रभावकारी बनाउन नगर प्रहरी परिचालन गर्दै स्थानीय स्तरबाट बजार अनुगमन गरिएको बताए । ‘हामीले कोरोना सम्बन्धीत परामर्सका लागि टोल फ्रि नम्बर राखेका छौँ, ‘उनले भने, ‘नागरिकका गुनासा सम्बोधन गर्दै अघि बढे ।

    गड्डाचौकीमा अस्थायी होल्डीङ्ग सेन्टर बनाएर भारतबाट फर्किनको कोरोना परीक्षण गर्दै पोजेटिभ देखिए अस्पताल आईसोलेशनमा राखिएको बताउँदै स्वास्थ्य प्रमुख जोशीले बाँकीलाई गन्तव्यतर्फ पठाएको बताए । मृतकका घर, सार्वजनिक क्षेत्र, कार्यालयमा निर्मूलिकण गरिएको बताए । ‘दैनिक भीमदत्त नगरपालिका २देखि ४जनाको मृत्यु हुँदै आएको अहिले घटेर छिटफुट एक दुईको मात्रै मृत्यु भईरहेको छ, ‘उनले भने, ‘जेठ तेस्रंो सातादेखि आशावादी ढङगबाट घटेको छ ।’ नगरपालिका आफैले कोरोना अस्पताल संचालनका लागि पूर्वाधार खोजेको बताउदै त्यसका लागि आवश्यक कामकाज अघि बढेको बताए ।

    हालसम्म भीमदत्त नगरपालिका क्षेत्रमा झण्डै १२ हजार बढि नागरिकले कोरोना बिरुद्धको खोप लगाईसकेका छन । भीमदत्त नगरपालिकाले आफैले ९ हजार १सय ७० जनालाई कोभिसिल्ड र भेरोसिल लगाएको छ । २ हजार ७ सय १४ महिला र ३ हजार २ जना पुरुष गरि ५ हजार ७ सय १६ जनाले कोभिसिल्ड खोप लगाएका छन । भने एक हजार ५८ महिला, एक हजार ९ सय ६ जना पुरुष गरि ३ हजार ४ सय ४४ जनाले भेरोसिल खोप लगाएका छन ।

    भीमदत्त नगरपालिका कोडिभ १९ फोकल प्रशन पंकज रावलले कोरोना रोकथामका लागि भीमदत्त नगरपालिकाले बस्ती स्तरमै गएर कोरोना परीक्षणदेखि सचेतनामुलक कार्यक्रम संचालन गरिरहेको बताए । उनका अनुसार सबै वडाहरुका बस्तीहरुमा गएर एन्टिजिन प्रविधिबाट कोरोना परीक्षण भईरहेको छ । उनका अनुसार गड्डाचौकी नाकामा ४ हजार ८ सय ९३ को एन्टिजिन प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

    जसमध्ये ४ सय ८५ का कोरोना पोजेटिभ देखियो, भीमदत्त नगरका १ सय १७ जनामा कोरोना संक्रमितको सीमा क्षेत्रबाट ल्याएर आईसोलेशनमा राखेर उपचार गरियो । गाँउ बस्तीमै गएर १ हजार २ सय ५० जनाको दुई साताको अवधिमा परीक्षण गरिएको बताउदै फोकल प्रशन रावलले ३६ जना पोजेटिभ देखिए ।
    २ असार बुधबार सम्ममा भीमदत्त नगरपालिकामा ८४ जना कोरोना संक्रमित नयाा केश मध्ये १ सय २१ होम आईसोलेशनमा छन । ‘अहिलेसम्म एक सय जना नगरबासीको मृत्यु भएको छ, ‘उनले भने, ‘७१ पुरुष, २१ महिला छन ।

    यो कोरोना लागेकै दौरानमा मरेका हुन, केही कोरोना निको भएर पनि मरेका छन, तिनको विवरण संकलन गछौँ ।’ नगरपालिकाले दुई हजार ५ सय ६१ ज्नाको कोरोना परीक्षण गरेको बताउदै उनले अहिले बस्ती स्तरमै गएर कोरोना परीक्षण भईरहेको बताए। ‘हामी कोरोना परीक्षण गर्दै उपचारका ध्यान दिन आग्रह गर्दै आएका छौँ, ‘उनले भने, ‘महामारी नियन्त्रणका लागि नागरिकको समेत साथ पाईएको छ, अझै चाहिन्छ ।

    माईती नेपाल, निड्स नेपाल, एनएनएसडब्लू ए, उद्योग वाणिज्य संघ सस्था उद्योगी व्यवसायी, नागरिक समाज, पत्रकार सबै क्षेत्रको सहयोगबाट नगरपालिकालाई थप हौसला मिलेको बताए ।
    भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले महामारीको उच्च जोखिममा रहेको भीमदत्त नगरपालिकाले कोरोना रोकथाम एव नियन्त्रणका लागि थुप्रै प्रयासका बाबजुत आज कोरोनाको चेन तोडिएको बताए ।
    भारतमा कोरोनाले महामारीको रुप लिईसकेको थियो, त्यहाँबाट दैनिक नेपाल स्वदेश नेपाल फर्किएका थिए, ‘मेयर विष्टले भने, ‘नेपाल भारत दुवै देशमा लाग्ने पूर्णागिरी मेला पनि ब्रम्हदेब, महेन्द्रनगरका मन्दिरमा संचालन भयो, हामीले शुरुमै मेला बारे सोच्यौँ, तर परीक्षणमै गएपछि केही व्यवसायीमा देखिएर नागरिक स्तरबाटै लकडाउनका लागि आवाज उठेपछि जिल्ला विपद् व्यवस्थापन मार्फत लकडाउनको अस्त्र पनि प्रयोग ग¥यौँ ।

    भीमदत्त नगरपालिकाका मेयर विष्टले नगरपालिकाले कोरोना रोकथामका साथै अन्य रोग र सम्भावित तेस्रो चरणमा आउँनसक्ने महामारी मध्य नजरगर्दै तयारी गरिहेको बताए । ‘नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याउने, नीति, कार्यक्रम तथा बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकता राख्छ, ‘उनले भने, ‘मानिसको सबैभन्दा ठूलो विषय स्वास्थ्य नै हो ।’ सिङ्गो नगरपालिका, आम जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न सरकारी निकाय एव सहयोगी दातृ निकायको अथक संयुक्त प्रयासबाट भीमदत्त नगरपालिका सहित जिल्लामा कोरोना न्यूनिकरणउन्मुख भएको बताए ।

     

  • २ असार २०७८, बुधबार १५:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images