प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक
  • CIA Khabar

  • काठमाडौ । देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण क्षति पुगेपछि विपद्‍ व्यवस्थापनका निम्ति प्रधानमन्त्री केपी ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

    बैठक केहीबेरमा बस्दैछ । गएरातिदेखिको वर्षा र पहिरोका कारण विभिन्न स्थानमा पुगेको क्षतिबारे प्रधानमन्त्री ओलीले जानकारी लिने र त्यसको प्रतिकार्य र पीडितलाई राहत तथा पुनर्स्थापनाबारे छलफल हुने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी रञ्जना श्रेष्ठले बताइन् ।

    प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्‍मा मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्य छन् ।

  • २ असार २०७८, बुधबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images