राहत र उद्धार कार्यमा जुट्न सरकारलाई कांग्रेस नेतृ डा.आरजु देउवाको ध्यानाकर्षण
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेस नेतृ एवं संविधानसभा सदस्य डा. आरजु राणा देउवाले विपद् व्यवस्थापनमा जुट्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    उनले देशभर भारी वर्षा भइरहेकाले प्राकृतिक प्रकोट हुने क्षति न्यूनिकरणका लागि विपद् पूर्व र विपद पश्चातको तयारीमा जुट्न सरकारलाई आग्रह गरेकी हुन् ।

    उनले वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी, पहिरो, कटान र डुबानजस्ता प्राकृतिक प्रकोपका घटनाहरु भइरहेका बेला आवश्यक सतर्कता अपनाउन आमनागरिकलाई आग्रह गरेकी हुन् ।

    ‘हालको समयमा देशभर भारी बर्षात भइरहेको र आगामी केही दिनहरुमा पनि सो क्रम जारी रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ,’ उनले भनिन्, ‘भारी बर्षातका कारण धेरै ठाउँहरुमा बाढी, पहिरो, कटान र डुबान जस्ता प्राकृतिक प्रकोपहरु घटी रहेको र सो क्रम फेरि पनि दोहोरिन सक्ने उच्च सम्भावना रहेको ले गर्दा सबै सुरक्षित रहन आग्रह गर्दै नेपाल सरकारलाई विपद पूर्व र विपद पश्चातको तयारीमा जुट्न ध्यानाकर्षण गराउन चाहन्छु ।

    No description available.

     

     

  • २ असार २०७८, बुधबार २०:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images