बलिउडका ‘नवाब’ सैफ अली खान र करीना कपूर खानको प्रेमकथाबारे जोकोही जानकार छन् । उनीहरु एकापसलाई गहिरो प्रेम गर्छन् भन्ने पनि सबैलाई थाहा छ।
करीनाको जन्मदिनमा उनलाई चुम्बन गरेर सैफले शुभकामना दिएका थिए । जुन झलक उनले सामाजिक सञ्जालमा राखेका थिए ।
विवाहको केही दिनमा नै अभिनेत्री सोनम कपुरले पति आनन्द आहूजालाई चुम्बन गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
क्रिकेटर हार्दिक पाण्डेय र उनकी पत्नी नताशा प्रायः प्रेमालापका कारण चर्चामा आउछन् । नताशालाई हार्दिकले घुँडा टेकेर प्रेम प्रस्ताव राख्दा नताशाले चुम्बन गरेर प्रेम स्वीकारेकी थिइन् ।
अभिनेत्री विपाशा बसु र अभिनेता करण सिंह ग्रोवरको प्रेम पनि कतै लुकेको छैन । उनीहरु प्राय सार्वजनिक स्थानमा चुम्बन गरेका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।
अभिनेत्री सनी लियोनी र पनि डेनियल वेबरको प्रेम पनि कमको छैन । उनीहरु प्रायः रोमान्टिक फ्लेभरका तस्वीर सामाजिक सञ्जालमा राखिरहन्छन् ।
अभिनेता रणवीर सिंह र उनकी अभिनेत्री पत्नी दीपिकाको प्रेम पनि लुकेको छैन । सन् २०१९ मा रणवीरले दीपिकाको हातबाट अवार्ड लिँदा रणवीरले घुँडा टेकेर ‘धन्यवाद’ व्यक्त गरेका थिए । त्यही समयमा दीपिकाले रणवीरको ओठमा चुम्बन गरेकी थिइन् ।
अभिनेत्री प्रियंका चोपडाले पनि निक जोनाससँग क्रिश्चियन शैलीमा विवाह गर्दा उनलाई चुम्बन गरेकी थिइन् । अभिनेता आमिर खानले आफ्नो जन्मदिनमा मिडियामाझ केक काटे र पत्नी किरण रावलाई चुम्बन गरेका थिए ।
अभिनेता शाहिद कपूर पनि पत्नी मिरा राजपूतलाई चुम्बन गर्दै गरेका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।