खुल्ला बक्तृत्वकला प्रतियोगितामा गुल्मीकि रीतिका गौतम भइन प्रथम
  • चुरामणि तिमिल्सीना

  • रिडि । रुपान्तरण नेपालले देश भरिनै २५ बर्ष भन्दा मुनिका बिद्यार्थी लाई लक्षित गरि आयोजना गरेको खुल्ला बक्तृत्वकला प्रतियोगितामा गुल्मीकि रीतिका गौतम प्रथम भएकि छन ।

    वातावरण दिवसको अवसर पारेर वातावरणमा स्वच्छता आजको आबश्यकता भन्ने शीर्षकमा प्रतियोगिता राखिएको थियो । सामाजिक सन्जालमा प्रत्यक्ष लाइभबाट सहभागीताको नतिजा प्रकाशन गरेको हो । देशभरि बाट १० जनाको सहभागिता रहेको प्रतियोगितामा गुल्मी चन्द्रकोट गाउँपालिका वडा न २ भञ्ज्याङ् स्थित जनज्योति प्राबिको कक्षा ५ मा अध्ययनरत छात्रा रीतिका गौतमले प्रथम स्थान हासिल गरेको आयोजकले घोषणा गरेको छ ।

    आफ्नै घर नजिकै रहेको प्राथमिक बिद्यालयमा अध्ययनरत गौतम गत बर्ष पनि यसै सस्थाले आयोजना गरेको “बालबालिकामा कोरोनाको प्रभाव“ शीर्षकमा प्रथम स्थान नै हासिल गरेकि थिइन । बुवा घनस्याम गौतम र आमा तारादेबि गौतमकी कान्छि छोरी रीतिका सानै उमेर देखिनै पढाइ लेखाइ , बौद्धिक प्रतिभा, नया बिचारकि धनि, र बिद्यालयकै अनुशासित छात्र हुन ।

    बिद्यालयका प्रधानाध्यापक हरि नारायण शर्माले चित्रकला गायन ,नृत्य र नेतृत्वदायी भुमिका समेत बिद्यालयमा निर्वाह गर्ने गरेको बताउनुभयो ।यसरी आफ्नो नाम सहित आफ्नो बिद्यालयको पहिचान सन्सार भर फैलाएको भन्दै उहाले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।रुपान्तरण सस्थाले प्रथम द्वितीय र तृतीय हुने सबैलाई प्रमाणपत्र तथा नगद पुरस्कार समेत वितरण लगत्तै गर्ने कार्यक्रम राखेको जनाएको छ ।

  • ३ असार २०७८, बिहीबार २०:३० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images