मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए
  • CIA Khabar

  • काठमाडौँ ।मौसममा आएको खराबीले मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसम खुलेसँगै पोखरा फर्किएका छन् ।

    मौसममा सुधार आएपछि उनी आज बिहान साढे ७ बजे पोखरा फर्किएका हुन् ।

    मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजेलाई बोलाइएको संसद् बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

    मुख्यमन्त्री पोखरेलको पक्षमा काँग्रेसका १५, माओवादीका ११ ९सभामुख बाहेक, जनता समाजवादीका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र एक जना सांसद गरी ३१ मत रहेका छन्।

    यसअगाडि प्रदेशमा विश्वासको मतमा बहुमतका लागि ३१ मत आवश्यक थियो। तर, अदालतले जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज गरेपछि अब सांसदको सङ्ख्या ५९ कायम भएको छ। यही कारण ३० मतले गण्डकीमा बहुमत पुग्ने अवस्था छ।

  • ४ असार २०७८, शुक्रबार ०९:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images