रासायनिक मल अभाब हुदा किसान मारमा
  • CIA Khabar

  • रामेछाप । रामेछापमा खेती गर्ने बेला यसबर्ष पनि रासायनिक मल अभाव भएको छ । रामेछापका ग्रामिन भेगका किसानहरुले बिगतका बर्षमा बेहोर्नु परेको समस्या यो बर्षपनि बेहोर्नु परेको छ । यो बर्ष पनी बिगतका बषमा झै समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । गाई भैंसीको मल प्रयाप्त नहुने हुँदा किसानहरु रासायनिक मलमा भर पर्नु पर्ने बाध्यता रामेछापका किसानको रहेको छ ।

    कृषिप्रधान भनेर सरकारले नारा लगाएपनी किसानहरुले रासायनिक मलको सास्ती बेहोर्नु परेको छ । मानो रोपेर मुरी फलाउने आशमा रहेका किसानहरु मल नपाएपछि चिन्तामा परेका छन् । गाई भैँसीको प्राङ्गारीक मल प्रयाप्त नहुने भएकाले किसानहरूले खेत बारीमा रासायनिक मल नै प्रयोग गर्ने गर्दछ्न् ।

    आफुहरुले पटक पटक सम्बन्धित निकायलाई मलको लागि आग्रह गर्दा पनि मल पाउन नसकेको किसानहरू बताउछन् । किसानहरुको माग अनुसार मल बितरण गर्ने हो भने जिल्लामा वार्षिक युरियामल ३ हजार ७ सय ५२ टन , डिएपी मल १ हजार ९ सय ५७ टन र पोटास मल १ हजार ३९ टन आवस्यक पर्ने गर्दछ । तर त्यसको ६० प्रतिशत पनी मल जिल्लामा आउन सकेको छैन ।
    किसानहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउन स्थानीय सरकार लागि परेपनी कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ कर्पोरेसनले आवस्यकता अनुसार मल उपलब्ध गराउन नसकेको सुनापती गाउँ पालिकाका प्रमुख धावा लामाले बताए । गाउँपालिका प्रमुख लामाले भने साल्ट ट्रेडिङ कर्पोरेसनले फोन गरे पछी मल लिन पठाउनु उपलब्ध गराउछु भन्छ मल लिन पठायो छैन भन्दै रित्तै पठाउछ । केहि दिन अघि मल लिन पठाउनु भनेर भने पछी दुइवटा ट्रक पठाएको एउटा ट्रक दुइ दिन बस्दा पनी मल नपाएर रित्तै फर्केर आउन पर्यो अध्यक्ष लामाले भने ।

    बिगतमा रासायनिक मलमा कालोबजारी भएपछि कालोबजारी नियन्त्रण गर्न सरकारले स्थानीय तहालाई जिम्मेवारी दिएको मन्थली नगरपालिकाका कृषि शाखा प्रमुख यवनकुमार सुनुवारले बताए । मन्थली नगरपालिकाले पालिका भित्रका बिक्रेता छनोट गरि आपूर्तिको लागी जिम्मेवारी दिएको बताए । नगरपालिकाले सहकारी तथा कृषि सम्बन्धी काम गर्ने संघ संस्थालाई जिम्मेवारी दिए पनी मल लिन जादा उक्त संघ संस्थालाई सरकारले नै समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा सिफारिस लिएर गएका बिक्रेताहरुले मल पाउन नसकेको बताए ।

    रासायनिक मलको अभाव नहुन दिने हो भने रामेछाप जिल्लामा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङको डिपो राख्नु पर्ने उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशबप्रसाद घिमिरेले बताए । घिमिरेले रामेछापका किसानहरुलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने हो भने कि त जिल्लामा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङको डिपो राख्नु पर्छ नभए वाणिज्य संघमा आवद्ध सदस्यहरुलाई पनि मापदण्ड तोकेर आपूर्ति गर्न दिनु पर्छ नत्र यो समस्या समाधान हुन सक्दैन ।

  • ५ असार २०७८, शनिबार ०९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images