काठमाण्डू उपत्यकामा एक साता निषेधाज्ञा थप
  • CIA Khabar

  • काठमाडौँ । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।

    आइतबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गर्दै एक साता थप्ने निर्णय गरेको हो ।

    थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर बिजोर प्रणालीमा चलाउन पाइने भएको छ भने बार अनुसार पसल समेत सञ्चालन गर्न पाइनेछ । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागू हुनेछ ।

    खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खोल्न दिइने छ । त्यस्तै विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धी सवै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलो पालो प्रणाली कायम गरि न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।

  • ६ असार २०७८, आईतवार २१:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images