युरोकप २०२० स्विट्जरल्यान्डसँग हारेपछि समूह चरणबाटै बाहिरियो टर्की
  • CIA Khabar

  • काठमाडौँ।    युरोकप २०२० अन्तर्गत समूह चरणको तेस्रो खेलमा स्विट्जरल्यान्डले टर्कीको सामना गरेको थियो । आइतबार राति भएको खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३(१ गोल अन्तरले पराजित गरेको छ ।

    खेलको ६ मिनेटमा नै ह्यारिस सेफेरोभिचले पहिलो गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । २६औँ मिनेटमा शाकिरीले स्विट्जरल्यान्डका लागि दोस्रो गोल गर्दै खेल २(० को स्थितिमा पुर्‍याए ।

    पहिलो हाफमा लगातार दुई गोल खाएको टर्कीले दोस्रो हाफको ६२ औँ मिनेटमा एक गोल फर्कायो । टर्कीका लागि इर्फान खभेचीले गोल गरेका थिए ।

    आक्रमक शैलीमा खेल प्रदर्शन गरिरहेको स्विट्जरल्यान्डले ६८औँ मिनेटमा टर्कीविरुद्ध तेस्रो गोल गर्‍यो । स्विट्जरल्यान्डका लागि तेस्रो गोल पनि शाकिरीले गरेका थिए ।

    टर्कीविरुद्ध जित निकालेसँगै समूह ‘ए’ मा रहेको स्विट्जरल्यान्डले ३ अंक पाएको छ । स्विट्जरल्यान्डले पहिलो खेलमा वेल्सविरुद्ध बराबरी खेलेको थियो भने दोस्रो खेलमा इटालीसँग हार बेहोरेको थियो । ४ अंक जोडेको स्विट्जरल्यान्ड समूहको तेस्रो स्थानमा छ ।

    स्विट्जरल्यान्ड समूह १६ मा पर्ने वा नपर्ने टुंगो लाग्न बाँकी खेल कुर्नुपर्ने भएको छ । यता समूह चरणका तीन वटै खेल हारेको टर्की भने अंकविहीन बन्दै समूह चरणबाटै बाहिरिएको छ ।

  • ७ असार २०७८, सोमबार १२:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images