पार्टी छाडेका १४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले गर्‍यो कारबाही, को-को परे ?
  • CIA Khabar

  • काठमाडौँ।   नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका १४ जना जनप्रनिधिलाई कारबाही गरेको छ ।

    सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडी एमाले प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो ।

    सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै कैलालीबाट चार जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एकरएक जना कारबाहीमा परेका छन् ।

    माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अध्यावधिकका लागि बुझाउने भएको छ ।

    को-को परे कारबाहीमा ?

    रिनाकुमार साह, प्रमुख( मौलापुर नगरपालिका, रौतहट

    सियाराम कुशवाहा, प्रमुख( कटहरिया नगरपालिका, रौतहट

    परनिया देवी, उपप्रमुख( देवाही गोनाही नगरपालिका, रौतहट

    गौरीशंकर जयसवाल, उपप्रमुख( मौलापुर नरपालिका, रौतहट

    कान्ती देवी, उपप्रमुख( फतुवाविजयपुर नगरपालिका, रौतहट

    सीमलाल साह, उपप्रमुख( माधवनारायण नगरपालिका, रौतहट

    गीतादेवी शाह, उपप्रमुख( युमनामाई गाउँपालिका, रौतहट

    सतमीलाल दास ताती, सदस्य( लहान नगरपालिका, सिरह

    शेष फारुक, अध्यक्ष( सम्सी गाउँपालिका, महोत्तरी

    छाया देवकोटा, उपप्रमुख( भजनी नगरपालिका, कैलाली

    भागिरथी विष्ट, वडाध्यक्ष( गौरीगंगा नगरपालिका ४, कैलाली

    शर्मानन्द भट्ट, वडाध्यक्ष( गोदावरी नगरपालिका १, कैलाली

    पुरन विसी, वडाध्यक्ष( बर्दगोरिया नगरपालिका ४, कैलाली

    सुरेश कुमार थापा, वडाध्यक्ष( चम्पादेवी गाउँपालिका १, ओखलढुंगा

  • ७ असार २०७८, सोमबार १२:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images