किम बिकिनीमा टेनिस कोर्ट पुगेपछि
  • CIA Khabar

  • लसएञ्जल्स -जीन्यूज। इन्टरनेशनल स्टार किम कार्दाशियन सामाजिक सञ्जालमा प्रवेश गरेसँगै उनी नियमित रुपमा आफ्नो बिकिनी फोटो पोस्ट गरिरहन्छिन् । तर हालै उनले बिकिनी लगाएर अलिक फरक किसिमको तस्वीर शेयर गरिन् ।

    तस्वीरमा उनी टेनिस कोर्टमा हातमा रेकेट बोकेर उभिएकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    तस्वीरमा किमको एक हातमा रेकेट र अर्को हातमा टेनिस बल छ । उनले आफ्नो कपाललाई खुला छोडेकी छन् ।

    किम सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको इन्स्टाग्राममा झण्डै २२ करोड बढी फलोअर छन् । किमले यो पोर्टलमा हालसम्म करिब साढे पाँच हजार सुन्दर तस्वीर पोस्ट गरेकी छन् ।

    पछिल्लो दिन किम पति कान्ये वेस्टसँग सम्बन्धविच्छेदका कारण चर्चामा थिइन् । उनले सम्बन्धविच्छेद पछि केनको ठूलो फ्यान रहने बताएकी थिइन् ।

    उनले ब्याडमिन्टन कोटका अलावा समुन्द्र किनार र अन्य सुन्दर स्थानमा तस्वीर खिचाउने गरेकी छन् ।

    उनका तस्वीरमा फ्यानहरुले ‘फायर’वाला इमोजी बनाएर प्रतिक्रिया दिएका छन् ।

    किमले हालसम्म तीन विवाह गरेकी छन् । उनको चार सन्तान छन् । उमेरले ४० कटे पनि उनी राम्रो फिगर मेन्टेन गर्छिन् ।

  • ७ असार २०७८, सोमबार १३:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images