निधि निवासमा सिंह र कोइराला, महाधिवेशन केन्द्रित छलफल
  • CIA Khabar

  • काठमाडौँ।आशन्न १४ औँ महाधिवेशनमा सभापति पदका दावेदार नेपाली कांग्रेसको तीन नेताबीच भेटवार्ता भएको छ ।

    कांग्रेसको संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच आफू नेतृत्वमा जाने गरी दौडधुप शुरु भएको हो ।

    महेन्द्रनारायण पुत्र एवं पार्टी उपसभापतिसमेत रहेका विमलेन्द्र निधिले बीपी पुत्र डा। शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमान सिंहलाई आफ्नै घरमा बोलाएर छलफल गरेका छन् ।

    फेरि एकपटक सभापति पदका लागि आकांक्षा राख्दै पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश तहमा परामर्श बढाएपछि तीन नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    निधीले आफ्नो वैवाहिक वर्षगाँठ पारेर खानाको निम्ता दिएर बानेश्वरस्थित निवासमा बोलाएका हुन् । यद्यपि, उक्त भेटमा पार्टीको आगामी महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको छ ।

    निधिले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसबाट आफूपछि नहट्ने जनाइसकेको अवस्थामा उनीहरुबीच एकले अर्कालाई समर्थन गर्ने कुरा भएको स्पष्ट छ ।

    भेटमा सहभागी नेता सिंहले महाधिवेशनका विषयमा छलफल गरेपनि महाधिवेशन केन्द्रित भएर कुनै निर्णय भने गरिनसकेको बताएका छन् । संवादलाई निरन्तरता दिने सिंहले बताए ।

  • ७ असार २०७८, सोमबार १६:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images