आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई निधिको आग्रह
  • CIA Khabar

  • काठमाडौँ। कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् ।

    आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेका उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएर गरेको छलफलका क्रममा सहयोगका लागि आग्रह गरेका हुन् ।

    छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई रोक्ने विषयमा बढी केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनले भने, ‘आगामी महाविधेशनमा शेरबहादुर देउवालाई कसरी रोक्ने भन्ने विषयमा अलि बढी केन्द्रित भएर छलफल भयो ।

    उपसभापति निधिको आग्रहमा कोइराला र सिंहले परिस्थति हेरेर निर्णय लिने बताएका छन् । त्यसबाहेक अदालतमा विचाराधिन संसद पुनर्स्थापनाको रिट, बाढी पहिरोको प्रकोप र कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका काम र खोप आयातमा भइरहेको ढिलाईका बारेमा समेत छलफल भएको ती नेताले जानकारी दिए ।

    वैवाहिक वर्षगाँठको अवसर पारेर उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई लञ्च मिटिङका लागि आफ्नो निवासमा बोलाएका थिए ।

    सभापति देउवा पक्षमा रहेका उपसभापति निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले समेत सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् ।

  • ७ असार २०७८, सोमबार १६:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images