१० हजारको परीक्षण गर्दा २२ सय संक्रमित थपिए, ३१ सय डिस्चार्ज
  • CIA Khabar

  • काठमाडौँ।   नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार २९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९०४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    त्यस्तै आज ३ हजार १३० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ । आज देशभर ५३ हजार ९४० सक्रिय संक्रमित छन् ।

    आज थप ४६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७७२ पुगेको छ ।

  • ७ असार २०७८, सोमबार १७:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images