पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले महिला कर्मचारीलाई मध्यनजर गर्दै महिनाबारीका बखत महिनामा १ दिन र गर्भवती महिलालाई नियमित चेकका लागि ४ दिन बिदा दिने भएको छ । नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा गतबर्ष नै बसेको महिला कर्मचारीको बैठकले मासिक पिरियडको अबस्थामा स्वास्थ्य कमजोर हुने हुदा सहुलियत दिन हरेक महिना महिनाबारीको समयमा र गर्भवती कर्मचारीको नियमित चेकअपलाई सो समय कार्यालयमा हुनुपर्ने हुँदा नमिल्ने भन्दै बिदा प्रस्ताव गरेको थियो । महिला कर्मचारीको नियमित बैठकको निर्णय नम्बर ३ को ७ नम्बर बुदामा महिला जनप्रतिनिधि,कर्मचारी र बिद्यार्थीलाई गुणस्तरीय सेनेटरी प्याडको व्यबस्था र महिनाबारी र गर्भावस्थामा तोकिएको अनुसार बिदा बिषयमा छलफल गरि पेस गरेको थियो । नवौं नगर सभाबाट महिनाबारीका बखत मासिक १ दिन र गर्भावस्था अबधिमा नियमित ४ पटकको जाचको लागि ४ दिन बिदा पास हुनु महत्वपूर्ण भएको बताउदै अब कार्यान्वयनमा जाने उपप्रमुख आचार्यले बताउनुभयो । यस अघि कार्यालय र बिद्यालयमा सेनेटरी प्याडको व्यबस्था भैसकेको छ ।
सो समय कार्यपालिका बैठकमा छलफल भएपनि निर्णय हुन सकेको थिएन । पछि यही बिषयबस्तुलाई महिला शाखाले सामाजिक बिकास समिति मार्फत कार्यपालिका बैठकमा लगेर छलफलपछि पास गरेको थियो ।
नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक बर्ष २०७८/०७९ देखि लागू हुने गरि नगरपालिका कार्यालय, नगरपालिका भित्रका सबै सरकारी कार्यालय र बिद्यालयमा कार्यरत महिला कर्मचारीहरु महिनाबारी हुँदा हरेक महिना र गर्भवती भएका बखत नियमित चेकजाचको लागि ४ पटक बिदा दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो। बिश्वका धेरै देशले आवश्यकता मनन गरि स्वीकृत भएर देशभर यस अबस्थामा बिदा दिएका छन् । नेपालमा केही सस्था र कार्यालयले अबलम्बन गरेको छ, रामपुर नगरपालिकाका महिला शाखाका सहायक महिला विकास निरीक्षक पुजा परियारले भन्नुभयो- यो बिषय जायज भएरै उठायौ, सबैले आबश्यकताका रुपमा महशुस गर्नुभयो र पारित पनि भयो ।
हरेक महिना महिलामा हुने महिनाबारी प्राकृतिक गहना हो । यही महत्वपूर्ण पिरियडका कारण सुन्दर भविश्यको जन्म हुने हुँदा स-सम्मान महिनाबारीलाई सुन्दर जिवनको सार्थकताका लागि महत्त्वपूर्ण मानिन्छ । सो समयमा महिलाको रक्तश्राब हुने हुँदा सामान्यतया पेट दुख्ने, कमजोर महशुस हुने र कतिपय बिरामी नै हुने गरेको अबस्थामा काम गर्न कार्यालय पुग्नुपर्ने बाध्यात्मक अबस्था छ । महिलाको स्वास्थ्य अबस्था र सहजता र बिरामी हुँदै गर्दा कार्यालय पुग्न र दिनभर सेवा दिदा सो कर्मचारीमा थप पीडा हुने कुरालाई मध्यनजर गर्दै बिदा दिनु उचित हुने बिषय बेला- बेलामा उठेको थियो ।
साथै सरकारले हरेक गर्भवती महिलालाई नियमित ४ पटक अनिवार्य चेकजाच गर्न भनेको छ । तर दैनिक बिहान १० देखि ४/५ बजेसम्म कार्यालयमा काम गर्नुपर्ने गर्भवती महिला नियमित चेकको लागि स्वास्थ्य सस्था जान समय नपाउने हुदा त्यस अबधिलाई मध्यनजर गर्दै गर्भवती महिलाको हकमा सरकारले तोकेको समयमा ४ पटक गर्भजाचको लागि बिदा दिने निर्णय भएको हो ।
सरकारले तोकिएको महिनामा नियमित कम्तीमा ४ पटक गर्भ जाचलाई अनिवार्य गरेको छ । महिलाले आफू गर्भवती भएको थाहा पाउनासाथ अथवा ४ महिना, गर्भवती भएको ६ महिना, गर्भवती भएको ८ महिनामा अथवा ३२ हप्तामा र गर्भवती भएको ९ महिनामा वा ३६ हप्तामा शिशुको अवस्था तथा शिशु गर्भमा कसरी बसेको छ? (साधारण/असाधारण वा उल्टो\सुल्टो) पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।
यो निर्णयको व्यवहारिकताले स्थानिय तह तथा कार्यालयमा काम र जिम्मेवारीप्रति थप हौसला र सेवा प्रवाहमा सक्रियता थप्ने बिश्वास धेरैको छ ।